पेरिस सेन्ट जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई बुधवार ४-० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।

पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो । पिएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ ।

पिएसजी र रियलबीचको खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको थियो । ७७ हजारभन्दा बढी दर्शकबीच निकै गर्मीमा खेल भएको थियो । तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो ।

रियल टोलीले यो खेलभन्दा केही दिनअघि फ्लोरिडा यात्रा गरेर फर्किएको थियो। थकान र समन्वय अभावको असर खेलमा प्रष्ट देखियो ।

छैटौं मिनेटमा रुइसले पहिलो गोल गरे। नवौं मिनेटमा डेम्बेलेको गोल गरे । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पिएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जितलाई थप सहज बनाए । रियलका डिफेन्डरको गल्तीमा पहिलो दुई गोल सम्भव भएको थियो ।

रियलका किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन् ।

लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो । एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *