पाहुना टोली अस्ट्रेलियाले वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आई सिरिजको चौथो खेलमा पनि जित हासिल गरेको छ ।

सेन्ट किट्स एण्ड नेभिसमा आइतवार अस्ट्रेलियाले वेस्ट इण्डिजलाई ३ विकेटले हरायो । ५ टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले ४-० को अग्रता बनाएको छ ।

२ सय ६ रनको लक्ष्य अस्ट्रेलियाले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । ग्लेन म्याक्सवेल र जोस इङ्ग्लिसले अर्धशतक बनाए । ग्रिन ३५ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५५ रनमा अविजित रहे ।

इङग्लिस ३० बलमा १० चौका र १ छक्काको सहयोगमा ५१ रन जोडे । ओपनर ग्लेन म्याक्सवेल १८ बलमा १ चौका र ६ छक्काको सहयोगमा ४७ तथ आरोन हार्डी १६ बलमा २३ रनमा आउट भए ।

वेस्ट इण्डिजका जिडिआ ब्लाड्सेले ३ तथा जेसन होल्डर, रोमारियो शेर्फड र अकिल होसेनले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।

वेस्ट इण्डिजका लागि शेरफन रादरफर्डले १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३१ रन बनाए । रोभमन पावेल र रोमारियो शेफर्ड समान २८, जेसन होल्डर २६ तथा ओपनर ब्राण्डन किंग १८ रनमा आउट भए ।

अस्ट्रेलियाका एडम जाम्पाले ३ तथा आरोन हार्डी, जेभियर ब्राट्ली र सन एबोटले समान २ विकेट लिए। पाँचौ तथा अन्तिम टि ट्वान्टी आई मंगलवार हुनेछ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *