जापानमा हुने २० औं एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि नेपाली कुस्ती टोली बिहीबार भारत जाने भएको छ ।
पुरुष खेलाडीमा सुरेश चुनारा (७४ केजी), रामकिशोर यादव (६५ केजी), निखिलराज पटेल (८६ केजी) र राज यादव (१२५ केजी) रहेका छन् । महिलामा सुशिला चन्द (६२ केजी) र शिवाङ्गी दुवे (५७ केजी) छन् ।
प्रशिक्षकमा राजेन्द्र चन्द तथा व्यवस्थापकमा खगेन्द्रबहादुर बस्नेत र मुम्ताज अली इद्रिसी छन् ।
करिब ४५ दिन खेलाडीले नयाँ दिल्ली, उत्तर प्रदेशको नन्दनीनगरलगायत विभिन्न एकेडेमीमा प्रशिक्षणमा रहने नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाएका छन् ।
एसियाली खेलकुद जापानको आइची–नागोयामा असोज ३ देखि १८ गतेसम्म हुनेछ । अध्यक्ष कुसारीका अनुसार टोली भारतबाटै जापान जाने छ ।
