त्रियोग अन्तर स्कुल चेस सुरु

२०८२, ६ श्रावण सोमबार ०८:०९

त्रियोग हाई स्कुलको आयोजनामा पाँचौं त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु भयो ।

अन्तराष्ट्रिय चेस दिवसको अवसरमा स्विस लिग प्रणालीमा सञ्चालित सो प्रतियोगितामा ६० विद्यालयका करिब ४०० विद्यार्थीको सहभागिता रहेको विद्यालयले जानकारी दिएको छ।

दुई दिने कार्यक्रम अन्तरगत पहिलो दिन छनोट खेल भए । हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बिचमा दोस्रो दिन खेल हुने छ । प्रतियोगिता कुल ८ स्पर्धा समावेश गरिएका छन्

३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन् । प्रतियोगिताको विद्यालयका प्रमुख कार्यकारी निदेशक अजित लामाले उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *