नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले ६ खेलाडीलाई रिटेन गरेको छ ।

कर्णालीले दोस्रो संस्करणको एनपीएलका लागि नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्शनकुमार झा र बलर नन्दन यादवसहित ६ खेलाडी रिटेन गरेको हो । कर्णालीले गुल्शन र नन्दनसहित विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई रिटेन गरेको छ ।

कुल ६ खेलाडीलाई रिटेन गरेको कर्णालीले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्रेलाई भने रिलिज गरेको छ ।

कर्णालीले सोमबार नै मार्कीमा अलराउन्डर सोमपाल कामीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।

सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लायन्स, काठमाडौं गोर्खास र पोखरा एभेन्जर्सले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *