नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले ६ खेलाडीलाई रिटेन गरेको छ । 

पोखराले दोस्रो संस्करणको एनपीएलका लागि मार्की र कप्तान कुशल भुर्तेलसहित ६ खेलाडीलाई रिटेन गरेको हो । पोखराले भुर्तेलसहित दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र विपिन खत्रीलाई रिटेन गरेको छ ।

कुल ६ खेलाडीलाई रिटेन गरेको पोखराले दिलिप नाथसहित ६ खेलाडीलाई भने रिजिल गरेको छ । रिलिज हुने अन्य खेलाडीमा अमृत गुरुङ, सुनम गौतम, नारायण जोशी, सुदिप अर्याल र तृतराज दास छन् ।

सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, लुम्बिनी लायन्स र काठमाडौं गोर्खासले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *