मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन कप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज इण्डोनेसियासँग खेल्दैछ । खेल सिलेगंर ट्रफ क्लबमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले आज इण्डोनेसियासँग खेल्न लागेको हो । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई पराजित गरेको थियो ।नेपाल इण्डोनेसियालाई हराएर १ खेल अगावै सेमिफाइनलमा स्थान बनाउन चाहन्छ ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् । समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

नेपालले चौथो तथा समूह चरणको अन्तिम खेलमा मंगलवार भुटानको सामना गर्नेछ । समूहको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ । नेपाल प्रतियोगिताको यसअघिका तीनै संस्करणको च्याम्पियन हो ।

नेपाली यु-१६ टोली
विपिनप्रसाद शर्मा (कप्तान), सुर्याशुं कोइराला (उपकप्तान), परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही

Leave a Reply

Your email address will not be published. Required fields are marked *