अष्ट्रेलिया २०२६ मा संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फीफा विश्वकपका लागि छनोट हुने टोलीमध्ये एक बनेको छ।

लगातार छैटौं पटक विश्वकपको यात्रा तय गरेको सोकुरुज टोलीले जापान र साउदी अरेबियामाथि महत्वपूर्ण जित दर्ता गर्दै समूह चरणको शीर्ष दुईमा स्थान सुरक्षित गर्दै छनोट प्रक्रिया पार गरेको हो।

जुन ५ मा पर्थमा भएको खेलमा अष्ट्रेलियाले जापानमाथि १–० को रोमाञ्चक जित दर्ता गर्‍यो। खेलको अतिरिक्त समयमा राइली म्याक्ग्रीको पासमा आजिज बेहिचले निर्णायक गोल गर्दै अष्ट्रेलियालाई १६ वर्षपछि जापानमाथि पहिलो जित दिलाए। सो जितपछि समूह ‘सी’ मा अष्ट्रेलिया १६ अंकमा पुग्यो, र अन्तिम खेलअघि अघिल्लो चरण पुग्न आवश्यक अवस्था बनायो।

जुन १० मा जेद्दामा भएको निर्णायक खेलमा साउदी अरेबियाले १९ औं मिनेटमा अब्दुलरहमान अल अबउदको गोलमार्फत अग्रता लिएको थियो। तर, अष्ट्रेलियाले पहिलो हाफको अन्त्यतिर कोनर मेट्कल्फको गोलमार्फत बराबरीमा फर्कियो।

दोस्रो हाफको ४९ औं मिनेटमा मिच ड्युकले गोल गर्दै अष्ट्रेलियालाई २–१ को जित दिलाए। टोलीका कप्तान म्याट रायनले आफ्नो १०० औं खेलमा अन्तिम समयमा सलेम अल–दोसारीको पेनाल्टी रोक्दै जित सुनिश्चित गरे।

अष्ट्रेलियाले समग्रमा समूह चरणमा १९ अंकसहित उत्कृष्ट प्रदर्शन गर्‍यो भने साउदी अरेबिया १३ अंकमा रह्यो। प्रशिक्षक टोनी पपभिकले यस जितलाई ‘अटोमेटिक छनोटको पहिलो लक्ष्य पूरा भएको’ भन्दै प्रसंसा गरे।

अब अष्ट्रेलिया २०२६ को विस्तारित ४८ टोली सहभागिताको विश्वकपका लागि तयारीमा जुट्नेछ, जहाँ उसले होस्ट राष्ट्रहरू अमेरिका, क्यानडा, मेक्सिको र अन्य क्वालिफाइड टोलीहरू ब्राजिल, अर्जेन्टिना, जापान, इरानजस्ता प्रतिस्पर्धीहरूसँग भिड्नेछ। अष्ट्रेलियन समर्थकहरूका लागि यो पुनः विश्व मञ्चमा सपना देख्ने अवसर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *