नेपाली राष्ट्रिय यु–२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एएफसी यु–२३ एसियन कप छनोटका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी न्यौपानेलाई दिएको हो ।
उनलाई एन्फा कार्यबहाक महासचिव दामोदर भट्टराई (बद्री) ले नियुक्ति पत्र हस्तान्तरण गरे । सिनियर राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहिसकेका न्यौपाने एन्फा युवा परियोजनाको प्रमुख हुन् ।
यसअघि उनले एक डिभिजन क्लब मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी तथा एनएसएल टोली पोखरा थन्डर्स र चितवन एफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।
आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने यस प्रतियोगितामा नेपाल, ताजकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह ‘एच’ मा छ ।
