काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडेे रेटिङ बुद्धिचाल प्रतियोगिताको छैटौं र सातौ चरणका खेलहरु सम्पन्न भएका छन् ।
तेस्रो दिन सातौं चरणको खेल सकिँदा सम्म काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले साढे छ अंक सहित एकल अग्रता लिएका छन् ।
शुक्रबार उनले छैटौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारी संग बराबरी खेलेर अंक बाँडे भने सातौं चरणको खेलमा काठमाडौका भेट्रान खेलाडी जनार्दन श्रेष्ठलाई महत्त्वपूर्ण खेलमा पराजित गरि शिर्ष स्थानमा रहन सफल भए ।
एफएम क्षितिज भण्डारी , झापाका प्रकाशचन्द्र नेपाल र खोटाङका धिरेन राईले समान ६-६ अंक हात पारी संयुक्त रूपमा दोस्रो स्थान रहेका छन् ।
मकवानपुरका क्षितजले सातौं चरणको खेलमा काभ्रेका राहुल चौ प्रधान माथी जित हात पारेका थिए । दुवै खेलमा सफलताको स्वाद चाखेका प्रकाशले ललितपुरका सरोज महर्जन र पाँचथरका महेन्द्र साम्वाहम्फेलाई पराजित गरे ।
त्यसैगरी राम्रो प्रदर्शन गरि दुबै खेलमा जित निकालेका धिरेनले छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई निरास बनाए भने सातौ चरणमा सुरज महर्जनलाई हराए ।

ज्याठा स्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा स्याङ्जाका सुशील सुवेदी साढे ५ अंक जोडेर तेस्रो स्थानमा रहृको छ । उनले दुबै खेलमा विजय हात पार्ने क्रममा काठमाडौका राजकुमार राई र सर्लाहीका कमल श्रेष्ठलाई पराजित गरे ।
काठमाडौँका सिएमए नवीन तण्डुकार, भगवती प्रसाद शर्मा, जनार्दन श्रेष्ठ, सन्देश श्रेष्ठ, काभ्रेका राहुल चौ प्रधान, शैलेन्द्र न्यौपाने ,ललितपुरका सरोज महर्जन, झापाका रिसोन थापा र दोलखाका आशिष् फूँयालले समान ५ अंक बनाएका छन् ।
यता महिला तर्फ सम्पन्न भएको प्रतिस्पर्धामा रिया श्रेष्ठले ५ अंक जोडेर शिर्ष स्थानमा रहन सफल भएकी छिन् । काठमाडौँकी रियाले छैटौं चरणको खेलमा समयक श्रेष्ठलाई पन्छाइन् भने सातौं चरणमा काठमाडौ कै राजेन्द्र महर्जलाई पराजित गरे ।
जुनियर च्याम्पियन रियालाई पछ्याउँदै सर्लाहीका शान्ति धिमाल र काठमाडौँकी बिनिता कपाली समान ४-४ अंक सहित दोस्रो स्थानमा रहेकी छिन् ।
स्वीस लिग प्रणाली अनुसार नवौं चरण सम्म हुने प्रतियोगितामा पुरुष तर्फ विजेताले २५ हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार तथा महिला तर्फ क्रमश: १० हजार, ७ हजार ५ सय र ५ हजार गरी कूल नगद पुरस्कार १ लाख ४५ हजार प्रदान गर्नेछ ।
