इटालियन क्लब इन्टर मिलानले अमेरिकामा जारी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बिहीबार विहान भएको खेलमा अर्जेन्टिनाको रिभ प्लटेलाई २-० गोलले पराजित गर्दै इन्टर समूह इको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
लुम्यान फिल्डमा भएको खेलमा इन्टरलाई जित दिलाउन फ्रान्सेस्को पियो एस्पोसिटोले ६६औं मिनेट र अलेसेन्ड्रो बास्टोनीले दोस्रो हाफको इन्जुरी समयमा गोल गरे ।
रिभर प्लेटका दुई खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । खेलको ६६औं मिनेटमा लुकास मार्टिनेज क्वार्टा तथा इन्जुरी समयमा गोन्जालो मन्टिएलले दोहोरो पर्हेलो कार्ड खाँदौ मैदान बाहिरिएपछि रिभर प्लेट ९ खेलाडीमा सिमित भएको थियो ।
इन्टरले अन्तिम १६ मा ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ ।
समूह डीकै अर्को खेलमा मेक्सिकन क्लब मोन्टेरेले जापानको उरावा रेड डाइमन्ड्सलाई ४-० गोलले पराजित गर्दै समूहको उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।
अन्तिम १६ मा मोन्टेरेले जर्मन क्लब बोरुसिया डर्टमन्डमको सामना गर्नेछ ।
यो समूहबाट रिभर प्लेट तेस्रो स्थान र उरावा रेड पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।
