इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हार बेहोरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी मिन्नेसोटासँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

मिन्नेसोटाको जितमा बोन्गोकुहलेहिओंग्वाने, एन्थोनी मार्कानिच र रोबिन लोडले एक एक गोल गरेका थिए भने एक गोल मार्सेलो वेइगांटले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै इन्टर मियामीका लागि एक गोल लियोनेल मेस्सीले गरेका थिए ।

यो जारी सिजनमा इन्टर मियामीको दोस्रो हार हो । ११ खेलमा ६ जित ३ बराबरी र २ हार बेहोरेको इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २१ अंक रहेको छ र चौथो स्थानमा छ ।

त्यस्तै वेस्टर्न कन्फेरेन्समा रहेको मिन्नेसोटाको यो जितपछि १२ खेलमा २२ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *