दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा आज नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

खेल भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपाल रहेको समूह बी को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरिकसकेकोछ । राम थापाको कप्तानीमा रहेको नेपाल सामु श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने अवसर छ ।

समूहको अन्तिम खेल नेपाल र भारतबीच मंगलबार हुनेछ ।यस्तै समूह ए मा बंगलादेश र माल्दिभ्सले पहिलो खेलमा २-२ को बराबरी खेलेका थिए । आज साँझ ४:१५ बजे हुने खेलमा बंगलादेश र भुटान खेल्नेछन् ।

दुवै समूहको शीर्ष २ टोलीले सेमीफाइनल खेल्नेछन् । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यु-१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपाली टोली :

गोलरक्षक : भक्त बहादुर परियार, उपेन्द्र ल्वागुन, विशेष बानिया

डिफेन्डर : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्बा, सिद्धान्त खड्का

मिडफिल्डर : कृष्ण बहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लछु थापा, सबिन कुमारी लुन्गेली मगर, रञ्‍जित लामा, सुबाश बम, विज्ञान खड्का

फरवार्ड : पवन पाख्रिन, धर्वेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *