इटालियन क्लब बोलोग्नाले ५१ बर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि जितेको छ ।

रोममा बुधबार भएको फाइनलमा एसी मिलानलाई १-० गोलले पराजित गर्दै बोलोग्नाले कोपा इटालियाको उपाधि जितेको हो ।

बोलोग्नाले पछिल्लो पटक सन् १९७४ मा यो उपाधि जितेको थियो । याे अवधिमा बोलाग्नाले दोस्रो डिभिजनको दुई उपाधिबाहेक अन्य कुनै ठूलो सफलता हासिल गर्न सकेको थिएन ।

बोलोग्नालाई उपाधि दिलाउन ड्यान एनडोएले ५३औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

यो जितपछि बोलोग्नाले अर्को सिजनको युरोपा लिगमा पनि स्थान सुरक्षित गरेको छ । २००३ यता कोपा इटालिया जित्न नसकेको मिलानको भने अझै निश्चित भएको छैन । 

बोलोग्नाका प्रशिक्षक भिन्चेन्जो इटालियानोको पनि यो पहिलो उपाधि हो । उनले यसअघि फियोरेन्टिनाको प्रशिक्षण सम्हाल्दा लगातार दुई युरोपा कन्फ्रेन्स लिग र सन् २०२३ को इटालियन कप फाइनल गुमाएका थिए ।

इटालियानो बोलोग्ना आएको पहिलो सिजनमै उपाधि जित्न सफल भएका हुन् । उनले थिएगो मोट्टाको स्थान लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *