आज स्टामफोर्ड ब्रिजमा प्रिमियर लिगमा लिभरपुल र चेल्सी आमनेसामने हुँदै छन् ।
लिभरपुल, जसले गत हप्ता टोटनहमलाई ५-१ ले हराउँदै २०औं प्रिमियर लिग उपाधि जितिसकेको छ, यो खेलमा प्रशिक्षक अर्ने स्लटको रोटेशन योजनासहित मैदानमा उत्रिदै छ ।
चेल्सी, पाँचौं स्थानमा रहेर च्याम्पियन्स लिग छनोटको दौडमा छ, र प्रशिक्षक एन्जो मारेस्काले लिभरपूलको उत्सवले कुनै प्रभाव नपार्ने दाबी गरे । चेल्सीका गोलकिपर रोबर्ट सान्चेज चोटबाट फर्कने सम्भावनामा छन्, तर क्रिस्टोफर एनकुन्कुको अवस्था अनिश्चित छ ।
लिभरपुलका कनर ब्राडली टिममा फर्किए पनि जो गोमेज अनुपस्थित रहनेछन् । हालसम्म ४० खेलमा चेल्सीले १०, लिभरपूलले १४ र १६ खेल बराबरीमा समाप्त भएको छ। लिभरपूलले गत अक्टोबरमा चेल्सीलाई २-१ ले हराएको थियो, र मोहम्मद सलाहको चेल्सीविरुद्ध ५ गोलको रेकर्डले उनलाई यो खेलमा खतरनाक बनाउँछ ।
चेल्सीले सन् २०२० यता स्टामफोर्ड ब्रिजमा लिभरपुललाई हराउन सकेको छैन । यो खेल चेल्सीका लागि शीर्ष पाँचमा स्थान कायम राख्न र लिभरपुलका लागि लय कायम राख्न महत्वपूर्ण छ ।
