आईपिएलमा आज दुई खेल हुदै

२०८२, ५ जेष्ठ आईतवार १३:३७

जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच हुदैछ भने दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच हुँदैछ ।

नेपाली समय अनुसार अपराहन्न ३ः ४५ बजे जयपुरमा शुरु हुने खेलमा राजस्थान रोयल्स र पञ्चाव किंग्स खेल्दैछन् ।

जारी आइपिएलमा राजस्थान रोयल्स प्लेअफको दौडबाट बाहिरिएको छ भने पञ्जाव किंग्स प्लेअफको दौडमा रहेको छ । राजस्थान रोयल्सको १२ खेलमा केवल ६ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सको ११ खेलमा १५ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ ।

यस सिजनमा यसअघि अप्रिल ५ मा भएको दुवैबीचको खेलमा राजस्थान रोयल्स ५० रनले विजयी भएको थियो ।

त्यस्तै आज दोस्रो खेल दिल्ली क्यापिटल्स र गुजरातबीच दिल्लीमा नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि खेल शुरु हुनेछ ।

११ खेलमा १३ अंक हासिल गर्दै दिल्ली प्लेअफको दौडमा कायम रहेको छ । त्यस्तै गुजरात भने ११ खेलमा १६ अंक हासिल गर्दै अंक तालिकाको शिर्ष स्थानमा रहेको छ । आजको जित दुवैका लागि प्लेअफको दौडमा महत्वपूर्ण हुने छ ।

यस सिजनमा यसअघि दुवैबीच अप्रिल १९ मा भएको खेलमा गुजरातले ७ विकेटको जित हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *