लुम्बिनी प्रदेश क्रिकेट संघ विशेष सधारण सभाले प्रदेश अध्यक्ष सञ्जय गुरुङविरुद्धको अविश्वास प्रस्ताव पारित गरेको छ । गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् ।

२०८१ चैत २२ गते संघका उपाध्यक्ष विनयराज भण्डारी प्रस्तावक बस्दै ३१ जना प्रतिनिधिले हस्ताक्षर गरेर गुरुङविरुद्ध अविश्वासको प्रस्ताव नेपाल क्रिकेट संघ (क्यान) मा पठाएका थिए । सदरमुकाम तौलिहवामा शनिबार सम्पन्न विशेष साधारण सभामा उपस्थित सबै ३८ जना प्रतिनिधिले गुरुङविरुद्ध अविश्वास प्रस्ताव पारित गरेका हुन् ।

अविश्वास प्रस्ताव पारित भएपछि उपाध्यक्ष विनयराज भण्डारी कार्यवाहक अध्यक्ष भएको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैयाले बताए ।

संघको विनियमावली, क्यानको पत्र र राष्ट्रिय खेलकुद परिषद्‌को पत्र अनुसार विशेष साधारण सभा भएको र जेठ ३१ गते पाल्पामा अर्को विशेष साधारण सभा बोलाएर नयाँ नेतृत्वमा चयन गरिने कार्यवाहक अध्यक्ष भण्डारीले बताए ।

विशेष साधारण सभामा रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, पाल्पा र पश्चिम नवलपरासी गरी ७जिल्लाका प्रतिनिधि सहभागी थिए ।

विशेष सधारण सभामा लुम्बिनी प्रदेशका ४१ प्रतिनिधिमध्ये एक जनाको मृत्यु भएको, एक जना विदेश रहेको र अविश्वास प्रस्ताव ल्याइएका अध्यक्ष सञ्चय गुरुङ उपस्थित थिएनन् । विशेष सधारण सभाको उद्घाटन पूर्वमन्त्री तथा संघीय सांसद सुरेन्द्रराज आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *