पोर्चुगलको यू-१५ टिमबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डो जुनियरले २ गोल गरेका छन् ।

इन्टरनेशनल भ्लाटको मार्कोभिक प्रतियोगिताको फाइनलमा क्रोसियाविरुद्ध पोर्चुगलको ३-२ को जितमा रोनाल्डो जुनियरले २ गोल गरेका हुन ।

रोनाल्डो जुनियरले गोल पछि आफ्ना पिता रोनाल्डोकै शैलीमा गरेको गोल ‘सु…’ सेलिब्रेसन गरे पछि अहिले विश्व फुटबलमा उनी थप चर्चित बनेका छन् । उनलाई रोनाल्डोकै शैलीमा खेलेको भन्दै प्रशंसासमेत गरिएको छ ।

१३ बर्षिय रोनाल्डो जुनियरले पहिलो पटक राष्ट्रिय टिममा समावेश भएर खेल खेलेका हुन भने उनले पहिलो गोल समेत गरेका छन् ।

रोनाल्डो जुनियरले पोर्चुगलको राष्ट्रिय टिममा स्थान बनाए पछि युरोपका ठुला क्लबहरुले आफ्ना स्काउटलाई उनको खेल हेर्न पठाएको समेत मिडिया रिपोर्टमा उल्लेख छ ।

सम्भावित फुटबल स्टारको रुपमा रोनाल्डो जुनियरलाई आफ्नो क्लबमा भित्र्याउन क्लबहरुले पहल शुरु गर्न लागेको बताइएको छ ।

रोनाल्डो जुनियर हाल आफ्नै पिताको क्लब अल नासरका एकेडेमी खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *