विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७-० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । मिनाले खेलको २१औं, ४०औं र ५९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

पुलिसको लागि थप एक गोल ४५औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । 

फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीवार विभागीय टोली एपिएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् । एपिएफ र संकटाबीचको दोस्रो सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *