भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित हासिल गरेको छ । शनिबार राती सम्पन्न खेलमा आरसिबीले २ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
आरसिबीले दिएको २१४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २११ रन मात्र बनाउन सक्यो ।चेन्नईका लागि आयुष मात्रेले सर्बाधिक ९४ रन बनाए भने रविन्द्र जडेजाले अविजित ७७ रनको योगदान दिए । आरसिबीको लागि लुन्गी जिदीले सर्वाधिक ३ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको आरसिबीले २० ओभरमा ५ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
आरसिबीका लागि विराट कोहलीले सर्बाधिक ६२ रन बनाएका थिए भने जाकोब बेथेलले ५५ रन बनाएका थिए । त्यस्तै रोमारियो शेफर्डले १४ बलमा अविजित ५३ रन बनाएका थिए । चेन्नईका लागि मथिशा पथिरानाले ४ ओभरमा ३६ रन खर्चिएर ३ विकेट लिएका थिए ।
यो जितपछि आरसिबी पुन: शिर्ष स्थानमा उक्लिएको छ । आरसिबीको ११ खेलमा ८ जितसहित १६ अंक भएको थियो । चेन्नई भने यस अघि नै प्लेअफको दौडबाट बाहिरिएको छ । चेन्नईको ११ खेलमा ४ अंक रहेको छ ।
