आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ अनतर्गत एकदिवसीय सिरिज तथा युके भ्रमणका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी परेका छन् ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले ५२ खेलाडी पहिलो चरणमा छनोट गरेको थियो । क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेंलो गरि चार समूहमा विभाजन गर्दै ‘कोर क्याम्प’ सञ्चालन गरेको थियो ।
त्यही गरेको प्रदर्शनका आधारमा मुख्य प्रशिक्षक स्टुवार्ट लले २५ खेलाडी छानेका हुन् ।
मूलपानीमा सम्पन्न कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन् । नेपाली टोलीमा निरन्तर रहँदै आएका कुशल मल्लले यस पटक अन्तिम २५ मा स्थान बनाउन सकेनन् । यस्तै देव खनाल, सागर ढकाल, सन्दीप जोरा, विवेक यादव लगायतका खेलाडी दोस्रो चरणमा पर्न असफल भए ।
टोलीको अन्तिम टुंगो भने स्कटल्यान्ड प्रस्थान अघि गरिने छ ।
नेपालले आगामी जुनमा स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग–२ अगाडि युकेमा प्रशिक्षण गर्नुका साथै केही अभ्यास खेल खेल्नेछ ।
दोस्रो चरणमा छनोट भएका २५ खेलाडी
रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भिम सार्की, दिपेन्द्रसिंह ऐरी, गुलशन झा, अर्जुन साउद, बसीर अहमद, दिलीप नाथ, आरिफ शेख, युवराज खत्री, किरण ठगुन्ना, सन्दीप लामिछाने, ललित राजवंशी, शहाब आलम, सोमपाल कामी, करण केसी, नन्दन यादव, प्रतीस जीसी, रिजान ढकाल, आकास चन्द, रुपेश सिंह, लोकेश बम र शुभ कंसकार ।
