आईपिएलमा आज दुई खेल हुँदै

२०८२, २१ बैशाख आईतवार १५:४३

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेलमा कोलकोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दैछन् भने दोस्रो खेलमा पञ्जाव किंग्स र लखनउ सुपरजाइन्ट खेल्दै छन् ।

इडेन गार्डेनमा हुने पहिलो खेल नेपाली समय अनुसार अपराहन्न ३ः ४५ बजेदेखि शुरु हुनेछ ।

जारी आइपिएलमा कोलकोताले अहिलेसम्म १० खेलमा ९ अंक हासिल गरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । प्लेअफको दौडमा कायम रहन कोलकोताका लागि अब आफ्ना बाँकी चार खेल जित्नै पर्ने अवस्था छ ।

अर्कोतर्फ राजस्थान रोयल्स भने प्लेअफको दौडबाट बाहिरिएको छ । राजस्थानको ११ खेलमा ६ अंक मात्र रहेको छ ।

यस सिजनमा यी दुवैबीच मार्च २६ मा भएको खेल कोलकोताले ८ विकेटले जितेको थियो ।

त्यस्तै धर्मशालामा हुने दोस्रो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ । जारी आइपिएलमा पञ्जाव १० खेलमा १३ अंकसहित हाल चौथो स्थानमा रहेकोछ भने लखनउले १० खेलमा १० अंकसहित छैटौं स्थानमा रहेकोछ ।

यी दुवैबीच यस सिजनमा अप्रिल १ मा भएको खेल पञ्चावले ८ विकेटले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *