भारतमा जारी साफ यु-१९ च्याम्पियनसिपमा नेपालले पहिलो सेमिफाइनलमा साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल गोल्डेन जुब्ली स्टेडियममा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपाल समूह बी को उपविजेता रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग ४-० ले पराजित भएको थियो ।

उता बंगलादेश समूह ए को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । माल्दिभ्ससँग बराबरी खेलेको बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

आजै भारत र माल्दिभ्सबीच दोस्रो सेमिफाइनल राती ७:४५ बजे हुनेछ ।

नेपाल र बंगलादेशबीच गत वर्ष नेपालमै भएको साफ यू-२० च्याम्पियनसिपको फाइनलमा प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपाललाई घरेलु मैदान एन्फा कम्प्लेक्समा पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *