धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

राजारानी खेल मैदानमा बिहिवार भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा बागमती युथ क्लब सर्लाहीलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । 

खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका गोलरक्षक विवस चौधरी घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा भोलि शुक्रबार बिर्तामोड युनाइटेड झापा र गोल्डेन स्टार भलुवाबीच पहिलो सेमिफाइन खेल हुनेछ । प्रतियोगिताको बिजेताले ७ लाख तथा उपबिजेताले ३ लाख प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *