विराटनगरमा जारी कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आयोजक मिल्स भेट्रान्स क्लब पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा आयोजकले विराट भेट्रान्स क्बललाई २–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
आयोजकलाई फाइलनमा पुर्याउन कृष्ण शाक्यले महत्वपूर्ण भूमिका खले । उनले दुई गोल गरि टिमलाई उपाधि नजिक पुर्याए । खेलको म्यान अफ दि म्याच पनि कृष्ण नै घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ पाए ।
आयोजकले मिल्स भेट्रान्सले उपाधिको लागि शनिबार हाम्रो धरान भेट्रान्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले नगद ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३५ हजार रुपैयाँ पुरस्कारस्वरूप पाउनेछन् ।
