बार्सिलोना र एस्पानियोलबीचको खेल हेर्न पुगेका समर्थककोहरुको भिडमा कार ठोकिँदा १३ जना घाइते भएका छन् ।
बिहीबार राति बार्सिलोनाले एस्पानियोललाई २-० ले हराउँदै ला लिगा उपाधि पक्का गरेको थियो ।
बार्सिलोनाले उपाधि जितेको केही मिनेटमा प्रहरीले घटनाबारे रेफ्रिलाई जानकारी गराएका थिए । दुर्घटनापछि घटनास्थलमा १० वटा एम्बुलेन्स पठाइएको थियो ।
घाइतेमध्ये चार जनालाई अस्पताल लगिएको छ । घाइते कसैको पनि अवस्था गम्भीर नभएको बार्सिलोनाको प्रहरीले जनाएको छ ।
रिपोर्टका अनुसार गम्भीर चोट भनेको खुट्टा भाचिएको हो। प्रहरीले एक विज्ञप्ती जारी गर्दै घटनाले रगंशालाभित्र कुनै खतरा नभएको बताएको छ ।
प्रहरीले गाडी चालकलाई प्रक्राउ गरिसकेको छ । सामाजिक सञ्जालहरुमा पोस्ट गरिएको भिडियोहरुमा स्टेडियमबाहिर केही डिब्बाहरुको बीचमा एक कार रोकिएको र समर्थकहरुले घरेको देखिएको थियो । त्यो भिडमा नै कार ठोक्किएको थियो ।
स्थानीय अधिकारीका अनुसार एस्पानियोलका समर्थक टोलीका प्रशिक्षकलाई स्वागत गर्न भेला हुँदा घटना भएको हो ।
