धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा एलएक्स सिटी एफसी फाइनलमा पुगेको छ ।

राजारानी खेल मैदानमा शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई सडन डेथमा ५-४ ले हराउँदै एलएक्स सिटी उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि एलएक्स सिटी सडन डेथमा विजयी भएको हो ।

निर्धारित समयको खेलमा एलएक्स सिटीका लागि प्रदिप लामा र छिरिङ गुरुङले गोल गरे भने चर्च ब्वाइजलका लागि समीर तामाङले दुबै गोल गरे ।

खेलको म्यान अफ दि म्याच एलएक्स सिटिका गोलरक्षक विवेक मगर घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

आइतबार हुने फाइलनमा एलएक्स सिटीले उपाधिका लागि बिर्तामोड युनाइटेड झापासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको बिजेताले ७ लाख तथा उपबिजेताले ३ लाख प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *