नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओससँगको एएफसी एसियन कप छनोटका लागि ३० जना खेलाडीलाई प्रारम्भिक टोलीमा स्थान दिएका छन् ।

प्रारम्भिक टोलीमा छनोट भएका खेलाडीलाई यही वैशाख १७ गते एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न एन्फाले आग्रह गरेको छ ।

नेपालले आगामी ५ जुनमा हङकङको घरेलु मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा विन्डोअन्तर्गत हुने यो खेलले आधिकारिक अन्तर्राष्ट्रिय मान्यता पाउनेछ । नेपाल र हङकङबीच करिब ३७ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो ।

यसअघि दुवै टोलीबीच सन् १९८८ मा भएको एएफसी एसियन कप समूह चरणको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यो नै नेपाल र हङकङबीचको अहिलेसम्मको एक मात्र औपचारिक भेट थियो ।हाल फिफा वरीयतामा हङकङ १५३औँ स्थानमा रहेको छ भने नेपाल १७५औँ स्थानमा रहेको छ ।

हङकङसँगको प्रतिस्पर्धापछि नेपालले आगामी १० जुनमा एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग प्रतिस्पर्धा गर्नेछ । लाओसको घरेलु मैदानमा हुने उक्त खेल नेपालका लागि छनोट चरणको दोस्रो खेल हुनेछ । 

यसअघि पहिलो खेलमा नेपालले मलेसियासँग २–० को हार ब्यहोरेको थियो । 

नेपालको टोली:

गोलकिपर: एन्जल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण चेम्जोङ

डिफेण्डर : अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, विमल पाण्डे, कुलदिप कार्की, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

मिडफिल्डर : एरिक विष्ट, आयुष घलान, कृतिश रत्न छुन्जु, कुशल देउबा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, रोहन कार्की, रोहित चन्द, सन्तोष खत्री, सृजन राज, सुदिप गुरुङ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी

फरवार्ड : अन्जन विष्ट, जिलेस्पीजंग कार्की, निराजन धामी, सुवास बम ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *