एएफसी यू-२० महिला एसियन कप छनाेटमा नेपाल समूह ‘ए’ मा परेकाे छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले सोमबार सार्वजनिक गरेकाे खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा छ ।

यस समूहमा उत्तर कोरिया, भुटान, मंगोलिया र साउदी अरेबिया छन् । यो समूहकाे खेल भुटानमा सञ्चालन हुनेछ ।

एएफसीले ३३ सदस्य राष्ट्रहरुलाई ८ समूहमा विभाजन गरेकाे छ । जसमध्ये ७ समूहमा ४-४ र एक समूहमा ५ राष्ट्र छन् । हरेक समूहका विजेता राष्ट्र र उत्कृष्ट ३ राष्ट्रले एसियन कपमा आफ्नो स्थान पक्का गर्नेछन् ।

एएफसी यू-२० महिला एसियन कप २०२६ मा थाइल्याण्ड हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *