स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले लेगानेसमाथि कठिन जित निकालेको छ ।

शनिवार राति भएको खेलमा बार्सिलोनाले लेगानेसमाथि १–० को कठिन जित निकालेको हो ।

लेगानेसको घरेलु मैदानमा भएको खेलमा लेगानेसका जर्ज साइन्जले ४८औं मिनेटमा गरेको आत्माघाती गोल निर्णायक बन्यो ।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको ३१ खेलबाट ७० अंक भएको छ । दोस्रो स्थानको रियलको ३० खेलबाट ६३ अंंक छ ।

पराजित लेगानेसको भने ३१ खेलबाट २८ अंकसहित रेलिगेशनको जोनको पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *