कप्तान लियोनल मेस्सीको गोलमा इन्टर मियामी मेजर लिग सकर (एमएलएएस) मा हारबाट जोगिएको छ ।
सोमबार बिहान भएको खेलमा मियामीले टोरोन्टो एफसीसँँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
मियामीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फेडेरिको बर्नार्डेचीले गोल गर्दै टोरेन्टोलाई अग्रता दिलाएका थिए ।
तर, इन्जुरी समयमै मियामीका लागि मेस्सीले बराबरी गोल फर्काउन सफल भए ।
बराबरीसँगै ६ खेलमा १४ अंक जोडेको मियामी इस्टर्न रिजन कन्फिरेन्सको दोस्रो स्थानमा छ । टोरेन्टो ७ खेलबाट ३ अंकसहित १४औं स्थानमा छ ।
