धनकुटा । विभागीय टोली नेपाल एपिएफ क्लब धनकुटामा जारी १७औं सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा-५ स्थित तल्लो टुढिखेलमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३-२ ले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

एपिएफको जितमा कप्तान हरि कार्कीले ७औं मिनेटमा र युवराज खड्काले ३३ औं मिनेटमा गोल गरेका थिए ।बेलबारीको तर्फबाट भुवन बस्नेतले ३६औं मिनेटमा र ड्यानियलले ४६औं मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए । 

खेलको अन्त्यतिर ९२औं मिनेटमा बेलबारीका विकु राईले आत्मघाती गोल गर्दा एपिएफ भाग्यमानी सावित हुँदै सेमिफाइनल प्रवेश गरेको हो । खेलको म्यान अफ द म्याच एपिएफका युवराज खड्का घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । फाइनल प्रवेशको लागि एपिएफले कोशी प्रदेश लिग विजेता उदयपुरको गाइघाट फुटबल क्लबसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।

बिहिवार विर्तामोड युनाइटेड क्लब झापा र नमोबुद्ध युथ क्लब सप्तरीबीच पहिलो सेमिफाइलन खेल हुनेछ ।

चैत २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहेको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *