प्रथम र दिपालाई स्वर्ण

२०८१, २४ चैत्र सोमबार १९:४८

नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।

एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो भएका हुन् । पुरुषमा भक्तपुरका कुशल थापा दोश्रो तथा भक्तपुरका साहस तामाङ र लुभूका साइमल राई तेश्रो भए ।

महिलामा नगदेशकी मिस्ती श्रेष्ठ दोश्रो तथा लुभूका इतुशा महर्जन र धनबहादुर स्मृति प्रतिष्ठानकी स्नेहा तामाङ तेश्रो स्थानमा रहे ।

नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि ठैबका अजय भोम्जन पहिलो भए । उनले फाइनलमा नगदेशका अंकित खड्‌कालाई पराजित गरे । टौखेलका उसन तामाङ र नरहरिपुरका देवकुमार ठाकुर तेश्रो बने ।

ललितपुर महानगरपालिकाको सहयोगमा पाटन दरबार स्क्वायरमा भइरहेको प्रतियोगिताको पुरुष २५ केजीमा नगदेशका विष्णु थापाले स्वर्ण जिते । उनले फाइनलमा नरहरिपुरका सुगन्ध पुनलाई हराए । टौखेलका अजय स्याङतान र ठेचोका प्रमोद मल्लले कांस्य हात पारे ।

प्रतियोगिताको पूर्व मन्त्री प्रकाशशरण महतले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा पुरुष-महिलमा एकल काता र कुमुतेमा समान ११-११ गरी २२ स्पर्धा समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *