ठेचो डोजो टिम च्याम्पियन

२०८१, २५ चैत्र मंगलवार १९:४५

ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।

ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो दोश्रो भयो । नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पार्यो । तेश्रो स्थानको नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य हासिल गर्यो ।

पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुषमा आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलामा भक्तपुर नगरपालिककी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा थिमी डोजोका आयुश लामा तथा महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिए ।

विजेतालाई पूर्व मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रयागपोखरीका प्रशिक्षक विकास महर्जनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *