नेपाल सुपर लिग (एनएसएल) २०२५ को उपविजेता टोली पोखरा थण्डर्सले इन्डियन सुपर लिग (आइएसएल) का दुई टोलीसँग खेल खेल्ने भएको छ।
पोखराले मंगलबार एक विज्ञप्तिमार्फत आइएसएलका दुई टोलीसँग पोखरा रंगशालामा नै खेल हुने जनाएको हो । पोखराले टोलीको नाम र खेल हुने मितिबारे चाँडै जानकारी दिने बताएको छ ।
पोखराले शनिबार सम्पन्न फाइनलमा ललितपुर एफसीसँग २-१ को पराजय बेहोरेको थियो ।
उपवजेता बनेको पोखरालाई पोखरा महानगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको थियो । महानगर प्रमुख धनराज आचार्यले खेलाडीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरे ।
नगर प्रमुख आचार्यले आगामी सिजनमा पोखरा थन्डर्सले प्रतियोगिताको तयारी पोखरा रंगशालामामा गर्नको लागि महानगरले सम्पूर्ण ब्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए ।
