युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पिएसजी विजयी भएको छ ।

औसमाने डेम्बेलेको एक मात्र गोलमा फ्रेन्च क्लब पिएसजीले इङ्लिस क्लब आर्सनललाई १-० ले पराजित गरेको हो ।

आर्सनलको मैदानमा भएको खेलमा पिएसजीका लागि डेम्बेलेले चौथो मिनेटमा गोल गरेका थिए ।

अब यी दुई टिमबीचको दोस्रो लेग पिएसजीको मैदानमा मे ८ मा हुनेछ ।

च्याम्पियन लिगको दोस्रो सेमिफाइनलमा आज बुधबार राति बार्सिलोना र इन्टर मिलान भिड्दैछन् ।

यी दुई टोलीबीच हुने पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *