इंग्लिस प्रिमियर लिगमा लिभरपुलले महत्त्वपूर्ण जित निकालेको छ ।

किङ्ग पावर स्टेडियममा भएको खेलमा लिभरपुलले घरेलु टिम लेस्टर सिटीलाई १-० गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा ट्रेन्ट अलेक्सआन्डर अर्नोल्डले निर्णायक गोल गरेका थिए ।

पहिलो हाफमा भने लेस्टरले लिभरपुललाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको ७६औं मिनेटमा ट्रेन्ट अलेक्सआन्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, बाँकी समयमा गोल हुन नसकेपछि अर्नोल्डको गोल नै लिभरपुलको जितका लागि निर्णायक बन्यो । जितसँगै लिभरपुल प्रिमियर लिगको उपाधिनजिक पुगेको छ । तर, घरेलु मैदानमा पराजित भएको लेस्टर सिटी भने रेलिगेशनमा परेको छ ।

अब लिभरपूलले उपाधि जित्न आर्सनलले बुधबार क्रिस्टल प्यालेससँग हार्नुपर्नेछ । यदि आर्सनलले जित्यो भने लिभरपूलले आगामी आइतबार टोटनहमलाई हराएमा घरेलु मैदान एन्फिल्डमै २० औं प्रिमियर लिग उपाधि उचाल्नेछ । 

शीर्ष स्थानमा रहेको लिभरपुलको ३३ खेलबाट ७९ अंक भएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ६६ अंक छ ।

पाँच खेलअघि नै रेलिगेशनमा परिसकेको लेस्टर सिटीको भने ३३ खेलबाट १८ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *