भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुँदै छ ।

कोलकोतास्थित इडन गार्डेनमा हुने यो खेल नेपाल समय अनुसार साँझ ७ :४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा कोलकोता नाइट राइडर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । कोलकोताले पहिलो खेलमा रोयल च्यालेन्जर्ससँग हारेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा मुम्बई इण्डियन्ससँग हार बेहोरेको थियो ।

त्यस्तै, सनराइजर्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । सनराइजर्सले पहिलो खेलमा राजस्थान रोयल्सलाई पराजित गरेको थियो भने त्यसपछि लखनउ सुपर जाइन्टस र दिल्ली क्यापिटल्ससँग हार बेहोरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *