युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेष्टर युनाइटेड लियोनसँग बराबरीमा रोकिएको छ ।
बिहिवार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फ्रान्सेली क्लब लियोनसँग २–२ को बराबरीमा रोकिएको हो ।
लियोनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि लेनी योरो र जोशुआ जिर्कजीले गोल गरे । लियोनका लागि थियागो अल्माडा र रायन चेरकीले गोल गरे ।
खेलको २५औं मिनेटमा थियागो अल्माडाको गोलमार्फत लियोनले अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा लेनी योरोले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
खेलको ८८ औं मिनेटमा जिर्कजीले गोल गरेपछि युनाइटेड २–१ ले अघि बढ्यो । तर, खेलको इन्जुरी समयको पाँचौं मिनेटमा चेरकीले गोल गर्दा खेल २–२ को बराबरीमा सकियो ।
दोस्रो लेग अप्रिल १८ मा युनाइटेडको मैदानमा हुनेछ ।
बिहीबार राती भएका अन्य खेलम नर्वेको बोडो ग्लिम्टले इटालीको लाजियोलाई २-० ले हराउँदा स्कटल्याण्डको रेन्जर्स र स्पेनको एथ्लेटिक क्लबले गोलरहित बराबरी खेले ।
यस्तै, इंग्लिस क्लब टोटनह्याम हट्स्पर र जर्मनीको आइन्ट्राच्ट फ्रान्कफर्टले १-१ को बराबरी खेले ।
