मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा नवदिप युवा क्लब मधुमल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा आइतबार भएको खेलमा मिक्लाजुङ १ आरसीसीलाई २–१ ले पराजित गर्दै नवदिप क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नवदिपलाई जित दिलाउन दयाराज मगर र विशाल मगरले सामन एक गोल गरे भने आरसीसीका लागि अनिल भण्डारीले एक गोल फर्काए ।
खेलको म्यान अफ दि म्याच नवदिपका गोलकर्ता दयाराज मगर घोषित भए । उनले ट्रफीसाहित नगद एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार आयोजक टोली र हिमालयन फुटबल क्लबकाबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । कालिदह फुटबल क्लबको आयोजनमा जारी प्रतियोगितामा कुल १० टोली सहभागी छन् ।
चैत्र ३० गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
