श्री भगवती क्लब शहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
मंंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा श्री कुमारी क्लबलाई २-० गोलले पराजित गर्दै श्री भगवती शीर्ष स्थानमा उक्लिएको हो ।
श्री भगवतीको जितमा सिलेमन थापा मगरले १४औं र अमित लामाले ६२औं मिनेटमा गोल गरे ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको श्री भगवतीले ४ खेलबाट १० अंक जोडेको छ । यता लगातार चौथो हार व्यहोरेको श्री कुमारी अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।
यसअघि आज भएको पहिलो खेलमा च्यासल युथ क्लबले मध्यपुर युथ एसोसिएसनलाई ४-० ले पराजित गरेको थियो ।
