बराबरीमा रोकिए आरसिटी र टुसाल

२०८१, २१ चैत्र शुक्रबार १८:४५

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अन्नपूर्ण क्लब (आरसिटी) र टुसाल युथ क्लब बराबरीका रोकिएका छन् ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा आरसिटी र टुसाल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

आरसिटीका लागि सुदीप लामा ४९औं मिनेट र टुसालका लागि देवराज तामाङले ६१औं मिनेटमा गोल गरे ।

यस बराबरीसँगै टुसालले ४ खेलमा ६ अंक जोडेको छ । यता, आरसिटीको समान खेलबाट चार अंक रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *