पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३-१ ले पराजित गरेको छ ।
पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो । लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ ।
उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
तर त्यो अग्रता धेरै बेर टिक्न सकेन । ३९औं मिनेटमा डेजायर डोउले भिल्लाले बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको ४ मिनेटमा ख्विचा ख्वारात्स्खेलियाले गोल गर्दै खेललाई पूर्ण रुपमा पिएसजीको पक्षमा मोडे ।
इन्ज्युरी समयमा नुनो मेंडेसले तेस्रो गोल गरेपछि टोलीको जित थप फराकिलो बन्यो । अर्को क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले बोरुसियस डर्टमन्डलाई ४-० ले हरायो ।
मंगलवार आर्सनलले साविक विजेता रियल म्याड्रिडलाई ३-० र इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको थियो ।
