इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ । शनिबार राति भएको खेलमा इन्टरले कागलिअरीलाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मार्काे अरनौटोभिकले १३औं र लौटारो मार्टिनेजले २६औं र यान बेसेकले ५५औं मिनेटमा गोल गरेका हुन् । पाहुना टोली कागलिअरीका लागि रोबर्टो पिक्कोलीले ४८ औं मिनेटमा गोल फर्काए ।

जितसँगै इन्टरले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ । इन्टरको ३२ खेलबाट ७१ अंक भएको छ । टोलीले २१ खेल जितेको छ ।

दोस्रो स्थानको नापोलीले एक खेल कम खेल्दा ६५ अंक जोड्यो । तेस्रो स्थानका युभेन्ट्सको पनि ३२ खेलबाट ५९ अंक छ ।

युभेन्ट्सले शनिबार राति नै भएको खेलमा लिसलाई २–१ ले हराएको छ ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन टेउन कुपमेइनर्सले दोस्रो र केनान यिल्दिजले ३३औं मिनेटमा गोल गरे । पाहुना टोली लिसका लागि फेडेरिको बास्चिरोटोले ८७औं मिनेटमा गोल फर्काए ।

त्यस्तै एसी मिलानले उडिनेसलाई ४-० र भेनेजियाले मोन्जालाई १-० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *