म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको अर्को सिजनमा स्थान बनाउने आशा पुनः बलियो बनाएको छ ।

शनिबार राति भएको खेलमा सिटिले एभर्टनलाई २–० ले पराजित गरेको हो । एर्भटनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा सिटीले गोलका लागि भने अन्तिम समयसम्म संघर्ष गर्नुपर्यो । खेल गोलरहित बराबरीमा सकिने स्थितिमा पुगेको थियो ।

तर, ८४औँ मिनेटमा निको ओ’रिलीको गोलमार्फत अग्रता लियो । त्यसपछि इन्जुरी समयमा माटेओ कोभासिचले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे । 

जितसँगै ३३ खेलबाट ५८ अंक जोडेको सिटी चौथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन समान खेलबाट ३८ अंकसहित १३औं स्थानमा रहेको छ ।

आइतबार राति नै भएका अन्य खेलमा एस्टन भिल्लाले न्यूक्यासललाई ४-१ र ब्रेन्टफर्डले ब्राइटनलाई २-१ ले हरायो । त्यस्तै वेस्ट हाम र साउथह्याम्पटनले १-१ तथा क्रिस्टल प्यालेस र बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंंक बाँँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *