शीर्ष स्थानको लिभरपुलको प्रिमियर लिगमा २६ खेलको अपराजित यात्रा टुंगिएको छ।

फुलहमले आइतवार घरेलु मैदानमा लिभरपुललाई ३-२ ले पराजित गरेको छ ।

अलेक्सिस म्याक एलिस्टरले २५ यार्ड टाढाबाट गोल गर्दै १४ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए । तर पहिलो हाफअघि १३ मिनेटभित्र फुलहमले ३ गोल गर्दै खेल उल्टाइदियो ।

२३ औं मिनेटमा एन्ड्रियास पेरेइराको क्रसमा रयान सेसेन्योनले पहिलो टचमै फुलहमका लागि बराबरी गोल गरे ।

३२ औं मिनेटमा एलेक्स इवोबीले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । टलीका लागि ३७ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गरे ।

लिभरपुलका लुइस डियाजले खेलको ७२औं मिनेटमा कोनोर ब्राडलीको पासबाट गोल गरे। तर लिभरपुल बराबरी गोल गर्न असफल भयो।

३१ खेलमा लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको ११ अंक बढी छ । ७ खेल बाँकी हुँदा २०औं लिग उपाधि जित्न लिभरपुललाई अब ११ अंक आवश्यक छ ।

यो जितले फुलहमको युरोपेली प्रतियोगितामा छनोट हुने सम्भावना यथावत राखेको छ। ४८ अंकका साथ टोली आठौं स्थानमा उक्लिएको छ । चौथो स्थानको चेल्सीभन्दा ५ अंक कम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *