शीर्ष स्थानको बायर्नको जित

२०८१, २२ चैत्र शनिबार ०८:५२

जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखले १० खेलाडीमा सीमित अग्सबर्ग फुटबल क्लबलाई पराजित गरेको छ ।

बायर्नले शुक्रवार अग्सबर्गलाई ३-१ ले पराजित गरेको हो । अग्सबर्गको घरेलु मैदान डब्लुडब्लुके एरिनामा भएको खेलमा बायर्नको जितमा जमाल मुसियला तथा ह्यारी केनले गोल गर्दा १ गोल अग्सबर्गले आत्मघाती गरेको थियो ।

घरेलु टोलीका दिमित्रियोस जियान्नुलिसले सान्त्वना गोल फर्काए । खेलमा अग्रता अग्सबर्गले लिएको थियो । ३०औं मिनेटमा जियान्नुलिसले गोल गरेका थिए ।

त्यसको १२ मिनेट पछि बायर्नका मुसियालाले बराबरी गोल फर्काएका थिए ।

खेलको ५९औं मिनेटमा अग्सबर्ग १० खेलाडीमा सिमित बनेको थियो । उसका सेड्रिक जेसिगर रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

खेलको ६०औं मिनेटमा केनले गोल गरेपछि बायर्न २-१ ले अघि लागेको थियो । इन्ज्युरी समयमा अग्सबर्गका क्रिस्लेन मात्सुमाले आत्मघाती गोल गरेपछि बायर्नले ३-१ ले विजयी भएको थियो ।

बायर्न २८ खेलमा ६८ अंकका साथ शीर्ष स्थानमा यथावत छ । अग्सबर्ग २८ खेलमा ३९ अंकका साथ आठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *