ब्राजिलियन लिजेन्ड फुटबलर रोबर्टो कार्लोस वैशाख ९ गते नेपाल आउने भएका छन् ।

उनी जारी नेपाल सुपर लिगको विशेष अतिथिका रुपमा नेपाल आउन लागेका हुन् । सन् २००२को विश्वकप विजेता ब्राजिलियन टिमका सदस्य कार्लोस २ दिन नेपाल रहने छन् ।

जसक्रममा उनले वैशाख १० गते हुने दोस्रो क्वालिफायर खेल हेर्न दशरथ रंगशालामा उपस्थित हुनेछन् ।

यसअघि उनी आजै नेपाल आउने र भोलि हुन पहिलो क्वालिफयर खले हेर्न तय थियो । तर, अन्तिम समयमा कार्लोसले स्वास्थ्यको कारण नेपाल भ्रमण रोकेका थिए । उनले डाक्टरको सल्लाहले भ्रमण पोस्टपोन्ट गरेको जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *