क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर साउदी प्रो लिगमा पराजित भएको छ । शुक्रबार राति भएको खेलमा अल नासर अल क्वादीसियाहसँग २-१ ले पराजित भएको हो ।

अल क्वादीसियाहको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन टुर्कि अल अमार र पिएरे एमरिक आउबामेयांगले गोल गरे । अल नासरका लागि साडियो मानेले गोल गरे ।

खेलको ३५औं मिनेटमा अल अमारको गोलमार्फत अल क्वादीसियाहले अग्रता लिएको थियो । तर, ८४औं मिनेटमा मानेले अल नासरका लागि बराबरी गोल फर्काए ।

त्यसको तीन मिनेट पछि नै आउबामेयांगले गोल गर्दै अल क्वादीसियाहलाई २-१ को जित दिलाए ।

जितसँगै २८ खेलमा ५५ अंक जोडेको अल क्वादीसियाह अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । पराजित अल नासर २८ खेलमा ५७ अंकका साथ तेस्रो स्थानमा यथावत् छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *