ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्वाइज युनियनले मध्यपुर युथ एसोसिएसनलाई २–० गोलले पराजित गर्दै पहिलो जित निकालेको हो ।

ब्वाइज युनियनको जितमा विनोद राईले २४औं मिनेट र दिव्याविक्रम चौधरीले पहिलो हाफको अन्तयतिर गोल गरे ।

पहिलो जितसँगै ५ खेलबाट ६ अंक जोडेको ब्वाइज युनियन अंकतालिकाको सातौं स्थानमा उक्लिएको छ । तेस्रो हार ब्यहोरेको मध्यपुर ५ खेलबाट ४ अंक जोडेर १२औं स्थानमा झरेको छ ।

सोमबार दिनको पहिलो खेलमा श्री कुमारी क्लबले बाँसबारी क्लबलाई १-० ले पराजित गर्यो ।

लिगमा मंगलबार दुई खेल हुनेछन् । पहिलो खेल प्लानिङ ब्वाइज युनाइटेड र सरस्वती युवा क्लब तथा दोस्रो खेल वीरगंज युनाइटेड र नयाँबस्ती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *